तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको हो ।

गत आइतबार बजारमा सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज यता चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँ वृद्धि भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्