उपत्यकाबाट बाहिरिनेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला



काठमाडौं । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि आजबाट अग्रिम टिकट बुकिङ खुला भएको छ ।

दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गरिएको देखिएको छ ।

यातायात व्यवस्था विभागले गत बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।

कतिपय यातायात व्यवसायीहरुले अनलाइनमार्फत पनि टिकट बुकिङको व्यवस्था मिलाइएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्