पीएसजीको अपराजित यात्रा जारी



काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पीएसजीको अपराजित यात्रा जारी छ ।

शनिबार राति भएको खेलमा मोप्लिएरलाई २(० गोलले हराउँदै पीएसजीले ८औँ खेलसम्म अपराजित यात्रा कायम राखेको हो ।

पीएसजीलाई जित दिलाउन इद्रिसा गुइए र जुलियन ड्राक्सलरले एक एक गोल गरे ।

जितसागै पीएसजीले सतप्रतिशत जितसहित २४ अंक जोडेर शीर्ष स्थान कायमै राखेको छ । मोप्लिएर ९ अंकसहित ११औँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्