मुम्बई कोलकत्तासँग ७ विकेटले पराजित



काठमाडौं । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । मुम्बईको यो लगातार दोस्रो हार हो । यसअघि मुम्बई चेन्नइसँग हारेको थियो ।

आबुधाबीमा साविक विजेता मुम्बईले दिएको १ सय ५६ रनको लक्ष्य कोलकत्ताले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

कोलकात्ताको जितमा राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले। नितिश राना ५ रनमा अविजित रहे।​ भेन्कातेश आयरले ५३ रनको अर्धशतकीय इनिङ्स खेले। मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए।

कोलकात्ताका लकी फेर्गुसन र प्रसिद्ध कृष्णले २२ विकेट लिए । यस जितसँगै कोलकात्ताले ९ खेलमा ८ अंक जोडेको छ । कोलकत्ता चौंथो स्थानमा उक्लिएको छ । छैटौँ स्थानको मुम्बईले ९ खेलमा ८ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्