‘कुट्की’को औषधीय महत्व



काठमाडौं । पातको किनारा करौँतीको धारझै काटिएको जस्तो हुने यो वनस्पती ४५०० मिटरसम्मको उचाइमा पाइन्छ । यसको जराको बोक्रा बाक्लो र चाउरिएर पत्रपत्र परेको हुन्छ । यसको भित्री भाग नरम हुन्छ । यसको फूलको रङग् फिक्का निलो प्याजी हुन्छ ।

यो विरुवा रोपिएको ३र४ वर्ष पुगेपछि जराहरुलाई निकालेर पानीमा पखाल्ने र घाममा सुकाई हावा नपस्ने गरी बोराम हाली राख्ने र यसको आवश्यक मात्रालाई कुटेर कपडामा छान्ने ४र५ ग्राम धुलोमा मह मिलाएर तातो पानी वा दूधसँग बिहान बेलुका दिनको दुई पटक खानाले हृदय जलन, पाचनसम्बन्धी रोग, पित्त, उदरशूल, अजीर्ण (पेट ढुस्स हुने) रोग, दिसा गोटा पर्ने, छालाको रोग, विशेषतः दाद रोग, श्वाससम्बन्धी सम्पूर्ण समस्या, कृमी (पेटको कीरा), कुष्ठरोग, रक्तविकारजस्ता सम्पूर्ण रोगहरुको नाश गर्छ । शरीरमा नयाँ ऊर्जा पैदा गर्छ । सर्प वा विच्छीले टोकेको ठाउँमा लगाउनाले विशेष फाइदा गर्छ । साथै यदि दिसा राम्रोसँग खुलेको छैन भने सुत्ने बेलामा २र३ ग्राम कुट्कीको चूर्ण (धूलो)लाई महमा मिलाएर तातोपानीसँग नियमित केहीदिनसम्म खानाले दिसा खलास गर्छ ।

‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्