संखुवासभा सामूहिक हत्याकाण्ड : आरोपी लोकबहादुरका भाइ पनि पक्राउ



काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएको २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी अरुण विसीले बताए ।

लोकबहादुरका भाइ नरेश कार्कीमाथि सोधपुछ भइरहेको सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । नरेशलाई सोधपुछ गर्दै छौं, डीएसपी सुवेदीले भने, अनुसन्धानबाट थप तथ्य खुलेको छ ।

भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्