पानीपुरीमा पिसाब मिसाउने व्यक्ति पक्राउ



काठमाडौं । अहिले सामाजिक सञ्जालमा नजोडिएका मानिसहरु कमै मात्रमा भेटिन सक्छ । हामि जो कोहि पनि सामाजिक सञ्जालसँग यति नजिक छौं कि हरेक कुराहरुको जानकारी एकै छिनमा पाउन सक्दछौं । चाहे त्यो कुरा राम्रो होस् या नराम्रो समाजिक सञ्जालको उपयोगबाट कोहिलाई फाइदा भएको छ भने कोहिलाई बेफाइदा मात्र होइन जीवन नै डामाडोल समेत पारेको छ । हो यस्तो एउटा अहिले सामाजिक सञ्जालमा निकै भाइरल भैरहेको छ । एक पानी पुरीवालाले पानीपुरीको लागि उपयोग गर्ने पानीमा आफ्नो पिसाब मिसाएका थिए ।

उनको यो घिन र अमानविय हर्कतको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि यो भिडियो निकै भाइरल बनेको हो ।

खासमा सामाजिक सञ्जालमा भाइरल यो भिडियो भारतको गुवाहाटीस्थित अठगाउँको हो । जहाँ उनी सडक किनारमा नियमित पानीपुरी बेच्दै आएका थिए । तर उनले गर्ने हर्कतबारे कसैलाई थाहा थिएन । यस्तैमा एक व्यक्तिले उनको भिडियो खिचेर उनको यर्थाथता बाहिर निकाले ।

गुवाहाटीमा पानीपुरी बेच्ने ती व्यक्तिले पिसाब मिसाएको भिडियो भाइरल बनेपछि धेरैले उनीप्रति आक्रोश व्यक्त गरेका छन् । भिडियो भाइरल बनेपछि उनको घिनलाग्दो हर्कतका विरुद्ध प्रहरीले कदम चालेको छ । उनलाई पक्राउ गरी कारबाहि प्रकृया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्