२४ घण्टामा २६२४ जना कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु



पछिल्लो २४ घण्टामा २६ सय २४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा २० संक्रमितको मृत्यु भएको छ भने १३ सय २० जना निको भएर फर्किएका छन् । हाल देशभर ३९४०५ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १०२५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्