वीर अस्पतालभित्र स्वास्थ्यकर्मी र प्रहरीबीच झडप



काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ ।

अस्पतालको प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक मुडभरीले बताए । झडपमा ४ जना घाइते भएका छन् ।

सरकारले कोभिड १९ नियन्त्रणसम्बन्धी अध्यादेश ल्याई वीर अस्पताललाई कोभिड युनिफाइड अस्पताल बनाउने घोषणा गरी डा.गौतमलाई प्रमुख नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्