कञ्चनपुरको लिङ्गेश्वर धामका बाबा मृत अवस्थामा फेला



धनगढी । कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल लिङ्गामा बस्दै आएका एक जना बाबा मृत अवस्थामा फेला परेका छन् ।

वेदकोट नगरपालिका-४ मा पर्ने शिव लिङ्गेश्वर धाममा बस्दै आएका ७५ वर्षीय बाबा किसन नाथ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले नाथ शनिबार बिहान मृत अवस्थामा फेला परेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्