१२६२ अर्ब ११ करोड पुग्यो व्यापार घाटा, यस्तो छ आयात र निर्यातको अवस्था



नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७र७८ को एघार महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिनाको तथ्यांकमा वस्तु निर्यात बढेर १२१ अर्ब २५ करोड पुगेको उल्लेख गरिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०७७र७८ को एघार महिनामा कुल वस्तु आयात भने २५.७ प्रतिशतले वृद्धि भई रु १३८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५।३ प्रतिशतले घटेको थियो ।

निर्याततर्फ तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्