कञ्चनपुरमा भान्जाले गरे आफ्नो मामाको हत्या



धनगढी । कञ्चनपुर, भीमदत्त नगरपालिका-१० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले सामान्य विवादकै क्रममा कुटपिट हुँदा लुहारको मृत्यु भएको खुलेको बताए ।

बुधबार राति लुहारकै भान्जा २२ वर्षीय गिरधारी लुुहारले वीररामलाई कुटपिटगरेका थिए । भान्जाकै कुटाइबाट उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

छिमेकीसमेत रहेका दुवै जनाबीच के विषयको विवाद थियो भन्ने कुरा खुल्न सकेको छैन । कुटपटमा संलग्न भान्जा गिरधारीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिए ।

मृतक लुहारको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्