झापाको विर्तामोडमा युवतीको शव फेला



झापा । झापाको बिर्तामोडमा सोमबार बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।

बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरको गल्लीमा २५ वर्षीय युवती सृजना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

सानिमाको घरमा स–परिवार बस्दै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्