काठमाडौँमा थपिए ३ सय ८० जना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ८० जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक २६१ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा ४५ जना रहेका छन् । प्रदेश १ मा ४११ जना, प्रदेश २ मा ४० जना, बागमती प्रदेशमा ७ सय जना, गण्डकीमा १७४ जना, लुम्बिनीमा ९० जना, कर्णालीमा ५९ जना र सुदूरपश्चिममा ८ जना संक्रमित थपिएका छन् ।

यसरी देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्