नेकपा एमालेका बागमती अध्यक्ष आनन्द पोखरेलद्वारा सिन्धुपाल्चोक बाढीपीडितलाई ७ लाख ६० हजार नगद सहयोग



हेलम्बु गाउँपालिकालाई नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलको नेतृत्वमा गएको टोलीले सात लाख साठ्ठी हजार नगद सहयोग गरेको छ। हस्तान्तरण कार्यक्रममा सह-इन्चार्ज एवम् पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङ ,सह-इन्चार्ज कासिनाथ अधिकारी, सचिव खेम लोहनी , पार्टी केन्द्रीय सदस्य एवम् खेलकुद महासंघका इन्चार्ज दावा लामा लगायत नेकपा एमालेका विभिन्न जिल्लाका अध्यक्षहरुको संयुक्त उपस्थितिमा नगद हस्तान्तरण गरेको हो ।

हामी पार्टी पंक्ति सँगसँगै बाढी ग्रस्त क्षेत्रलाई केही राहत हुन्छ भन्ने हेतुले नेपाल औषधी व्यवसायी संघ सँगको समन्वयमा पनि केही आर्थिक रकमहरु सहयोग गरिएको नेकपा एमाले केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङले बताएका छन् ।

असार १ मा गएको बाढीले पालिका भित्रका धेरै जसो संरचनाहरु धोस्त भएको छ । पार्टी पंक्ति यसरी नै एक अर्कासँगको समन्वयमा हेलम्बु, मेलम्चीलाई पुर्ववत अवस्थामा फर्काउन र निर्माण कार्यका निम्ति अग्रपंक्तिमा लाग्ने तामाङले बताए ।

उनका अनुसार तेर्से मावि एवम् बजार संरक्षण समितिकालागि नेकपा एमालेलेको तर्फबाट दुइ लाख र नेपाल औषधी व्यवसायी संघबाट ४० हजार ,सरस्वती मावि एवम् बजार संरक्षण समितिका लागि कमिटीको तर्फबाट दुई लाख र व्यवसायी संघबाट ४० हजार साथै चनौटे बजार व्यवसायी संघबाट ४० हजार रकम हस्तान्तरण गरिएको छ।

मेलम्चीमा संरक्षण समिति आधिकारिक रुपले नबनेको हुनाले रकम कोषमा मात्रै जम्मा भएको र संरक्षण सिमित बन्नासाथ उक्त रकम समितिलाई हस्तान्तरण गरिने बताइएको छ । साथै प्रदेश कमिटीको समन्वयमा नेपाल चाइना हिमालयन फ्रेन्डसीप सोसाइटीको तर्फबाट त्रीपाल ,टेन्ट,म्याटृस्,कराई थाल , जग, कचौरा ,मन्जन ब्रस लगायत अन्य आवश्यक सामग्रीहरुपनि वितरण गरिएको तामाङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्