पाल्पामा पहिरोले पाँच घर पुरिदा एकको मृत्यु, ४ वर्षीय बालक बेपत्ता



काठमाडौँ । लगातारको वर्षासँगै पहिरो जाँदा पाल्पामा एक जनाको मृत्यु भएको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका वडा नं।५ गिट्टी खानीको हिउँदे खोला क्षेत्रमा माथिबाट झरेको पहिरोले घर पुरिँदा ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको छ ।

पहिरोमा पुरिएको अवस्थामा गुरुङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले घर पुरिँदा सोही ठाउँका पूजा परियारको ४ वर्षीय छोरा बेपत्ता भएका छन् ।

पहिरोले हिउँदे खोला क्षेत्रका नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पुरिएको प्रहरीले जनाएको छ । अहिले नेपाल प्रहरी र स्थानीय उद्धार कार्यमा जुटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्