रोटरी वर्ष २०२०-२१ सकिनै लाग्दा रोटरी क्लव अफ पशुपति काठमाडौ सामाजिक काममा व्यस्त



रोटरी वर्ष २०२०-२१ सकिदै गर्दा रोटरी क्लव अफ पशुपति काठमाडौंले आफ्नो सामाजिक कार्यलाई तिव्रता दिएको छ ।

यो वर्ष c0vid-19 ले ग्रसित रोटरी वर्ष भएपनि रोटरी क्लव अफ पशुपतिले क्लवको इतिहासमा सबैभन्दा बढी ऐतिहासिक कामहरु सम्पन्न गरेको छ । यो वर्ष गरेका सामाजिक कार्यहरुले पनि क्लवलाई नेपाल भुटान district-3292 मा रहेका अन्य क्लवहरुको तुलनामा तुलनात्मक रुपमा अगाडि नै रहेको कुरा district3292 का district officer हरुले बताएका छन् ।

रोटरी वर्ष २०२०-२१ मा क्लव हाँक्नु भएका क्लव अध्यक्ष रोटरीयन शालिक राम अधिकारीले यो वर्ष आफ्नो लागि अविस्मरणीय रहेको बताएका छन् । रोटरी वर्ष २०२०-२१ का हरेक महिना हरेक हप्ता तथा हरेक दिन आफ्नो लागि महत्वपूर्ण रहदै सामाजिक कार्यको लागि प्रेरणादायी रहेको कुरा बताएका छन् ।

No description available.

यो बर्षमा गरेका कामहरुको फेहरिस्ता बताउँदै अध्यक्ष रो.अधिकारीले आफूले यो वर्ष गरेका कामहरुको मूल्यांकन पक्कै पनि district-3292 तथा आफ्नो होम क्लवले गर्ने छ भन्ने अपेक्षा राखेको बताए । आफुले गरेको कामको फेहरिस्त धेरै लामो भएकोले अहिले यहाँ बताउँदा लामो हुने भएकोले उक्त कामहरुको विस्तृत बिवरण क्लवको सोभिनियरमा प्रकाशन गरिने कुरा जानकारी दिए ।

रोटरी वर्षको अन्त्य सम्म पनि covid-19 लाई जिती अहोरात्र सामाजिक काममा खटिनु भएका अध्यक्ष अधिकारीले बर्षको अन्तिम दिनमा पनि खाद्यान्न ,माक्स तथा सेनिटाइजर पर्वत जिल्लाको दुर्गम ठाउँ महाशिला गाउँ पालिकामा अवस्थित लुंखु देउराली तथा पाखापानी लाम्तुनमा रहेका स्वस्थ्य चौकीहरुमा उक्त सामग्रीहरु रोटरी क्लव अफ पशुपति काठमाडौंको नामबाट कार्यक्रम आयोजना गरी वितरण गरेको कुरा बताएका छन् ।

No description available.

जाँदाजाँदै रोटरीयन अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा आफुलाई सहयोग गर्ने district-3292, assistant governor, आफ्नो कार्यकालका बोर्ड मेम्बरहरु, रोटरीयनहरु, रोट्याकहरु, इन्ट्याकहरु, आर सी सी, Non-रोटरीयनहररु, मिडिया(परिवर्तन खवर डट कम), आफ्नो परिवार ,साथीभाइ तथा इस्टमित्र सबैमा धन्यवाद दिएका छन् ।

No description available.

प्रतिक्रिया दिनुहोस्