सडक नबनेसम्म कपनका १० टोल सुधार समितिले निरन्तर आन्दोलन गर्ने



बूढानीलकण्ठ -१२ कपन तेन्जिङ चोक-आनीगुम्बा सडक अलपत्र पारेर ठेकेदार सम्पर्कमा सडक डिभिजन कार्यालय बबरमहल पुगेको वडाध्यक्ष शम्भु भट्टराई सहितको टोलीलाई डीईले प्रहरी बोलाई पक्राउ गराएको भन्दै तत्काल सडक निर्माण नथाले चरणबद्द आन्दोलन गर्ने त्यस क्षेत्रका १० टोल सुधार समितिले चेतावनी दिएका छन्।

राधाकृष्ण टोल सुधार समिति, बालकुमारी टोल सुधार समिति, नागेश्वरी टोल सुधार समिति, सोलुडाँडा टोल सुधार समिति, कपन खरिबोट टोल सुधार समिति, गोसाईकुण्ड टोल सुधार समिति, बोधीसदन टोल सुधार समिति, शान्ति यानी टोल सुधार समितिका अध्यक्षहरुले प्रेस बिज्ञप्ति जारी गर्दै पटक पटक ताकेता गर्दा समेत सम्पर्कमा नआउने ठेकेदार र उनका प्रतिनिधिले कामगर्नुपर्छ भन्ने माग राख्दा प्रहरी बोलाई पक्राउ गरिएकोमा खेद व्यक्त समेत गरेको छ।

सडक नबन्दा बूढानीलकण्ठ -१२ का वडाध्यक्ष शम्भु भट्टराई प्रहरी नियन्त्रणमा

स्थानीय समाजसेवी चित्र दाहालले परिवर्तन खबरसँग कुराकानी गर्दै भने,”सडक बन्नुपर्छ भन्दा हामीलाई थुनाउने डीईले जिम्मेवारी अनुसार काम गर्नुपर्नेमा उल्टै हामीलाई थुनाएको छ। अब यो सडक निर्माण पुरा नभएसम्म हामी छोड्दैनौं। ठेकेदार र कर्मचारीसँग अब निरिह बन्न सकिदैन”

टोल सुधार समितिहरुद्वारा जारी प्रेस वक्तव्य:

प्रतिक्रिया दिनुहोस्