सडक नबन्दा बूढानीलकण्ठ -१२ का वडाध्यक्ष शम्भु भट्टराई प्रहरी नियन्त्रणमा



बूढानीलकण्ठ -१२ कपन तेन्जिङ चोक-फैका चोक-खरिबोट सडक अलपत्र पारेर ठेकेदार सम्पर्कमा नआएपछि १०: ३० बजे सडक डिभिजन कार्यालय पुगेको वडाध्यक्ष शम्भु भट्टराई सहितको टोलीलाई डीईले समेत भेट नदिएपछि कार्यालय तालबन्दी गरेपछि प्रहरीले नियन्त्रमा लिएको हो।

महानगरीय प्रहरी प्रभाग तीनकुनेले नियन्त्रमा लिएपछि सार्वजनिक मुद्दा चलाउन लागेकोमा डा.राजन भट्टराईले पहल गरेपछि २ घण्टामा प्रहरीले छोड्न बाध्य भएको वडाध्यक्ष भट्टराईले परिवर्तन खबरलाई बताए।

साविक कपनको सबैभन्दा पुरानो सडक २०७२ सालमा ठेक्का भएर निर्माण शुरु गरिएको तेन्जिङ चोक-फैका चोक-खरिबोट सडक अलपत्र पारी ३ वर्षसम्म ताकेता गर्दा मुख्य ठेकेदार सम्पर्कमा नआउने र उनका प्रतिनिधिले बचन दिने तर काम नगर्ने गरेको भट्टराईले बताए।

भोलिवाट निर्माण कार्य थाल्ने विभाग प्रमुख र ठेकेदारको प्रतिनिधिले प्रतिवद्दता गरेकोले अब काम शुरु नभए सडक बन्द गरेर आन्दोलन गर्नुपर्ने अवस्था रहेको वडाध्यक्षले बताए।

पक्राउ पर्नेमा वडाध्यक्ष शम्भु भट्टराई, वडा सदस्य डिल्ली प्रसाद खतिवडा टोल सुधार समितिका अध्यक्षहरु चित्र दाहाल, रत्न उप्रेती लगायत १० वटा टोल सुधार समितिका प्रतिनिधिहरु पक्राउ परेका थिए।

सडक विभागमा वडाले बुझाउन नपाएको स्थानीयहरुको मागपत्र :

प्रतिक्रिया दिनुहोस्