नेपाली महिला ताम्राकारको फिनल्याण्डमा जित



फिनल्याण्डको हेलसिन्की नगरपालिकाको चुनावमा नेपाली महिला ब्योमा ताम्राकार डेपुटी काउन्सिलर पदमा विजयी भएकी छिन् । उनी उक्त पदमा दोस्रो कार्याकालका लागि निर्वाचित भएकी हुन् ।

सोमबार सम्पन्न चुनावी प्रक्रियामा हेलसिन्की नगरपालिकाबासीले स्थानीय तवरमा राम्रो कार्य सम्पादन गरेका आधारमा ताम्राकारलाई विजयी बनाएका हुन् ।

‘यो चुनावमा मेरो उमेदवारीको मूल उद्देश्य आप्रवासीहरुको हक र हितका लागि नीति निर्माण तहमा सहभागिता जनाउनु हो भने एउटा सामाजिक र राजनैतिक ब्यक्तिवको आधारमा नेपाली समाजलाई एकताबद्द्ध बनाउनु मेरो लक्ष्य हो,’ उक्त पदमा दोस्रोपटक जितेपछि ताम्राकारले प्रतिक्रिया दिइन्।

प्रतिक्रिया दिनुहोस्