निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडिओ बैठक बस्दै



काठमाडौँ । कोरोनाभाइरसको संक्रमणलाई न्यूनीकरण गर्न जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन्।

निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी बैठकमा बस्न लागेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले जानकारी दिए। उनका अनुसार आइतबार दिउँसो दुई बजे बैठक बस्न लागेको हो।

अहिले जारी निषेधाज्ञा सोमबार सकिँदैछ। त्यस अगावै छलफल गरेर आदेश जारी गर्ने प्रशासनको तयारी छ। जारी निषेधाज्ञालाई खुकुलो बनाएर एक हप्ता लम्ब्याउनेबारे छलफल हुने सहायक प्रजिअ भट्टले बताए।

प्रतिक्रिया दिनुहोस्