समाजसेवी तिर्थ सुनारले गरे पत्रकार महासंघ कर्णालीलाई स्वास्थ्य सामाग्री सहयोग



काठमाडौं । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशलाई युवा व्यबसायी तथा समाजसेवी तिर्थ सुनारले पाँच सय पिस मास्क, १० पिस स्यानिटाइजर र ५ पिस फेस शिल्ड सहयोग गरेका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीले गम्भीर रुप लिएको छ र सबैको ध्यान आकर्षण गरेको छ। विकसित राष्ट्रहरुमा लाखौ जनसंख्या संक्रमित भएका छन् , हजारौ मानिसले ज्यान गुमाइसकेका छन् भने विकासोन्मुख देशहरुमा यस भाइरसको संक्रमण तिव्र गतिमा फैलीरहेको छ । यद्यपी हामी सबै यस भाइरसको नतिजाबाट प्रभावित भएका छौ भने केहि उच्च जोखिमा छौं ।

प्रतिक्रिया दिनुहोस्