अमेरिकाले पहिलो चरणमा तीन कम्पनीका कोरोना खोप नेपालसहित विभिन्न मुलुकलाई बाँड्दै



काठमाडौं । अमेरिकाले तीन कम्पनीका कोरोना खोप नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने भएको छ । जोन्सन एण्ड जोन्सन, पिफाइजर र मोडेर्ना कम्पनीका खोप अमेरिकाले बाँड्ने भएको हो ।

बिहीबार अमेरिकी राष्ट्रपतिले जो बाइडनले विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।

पहिलो चरणमा नेपाल लगायत बिभिन्न मुलुकलाई दुई करोड ४ लाख डोज खोप दिने घोषणा अमेरिकाले गरेको छ । नेपालले कुन कम्पनीको कति डोज खोप पाउने भन्ने निश्चित भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्