चीनले अनुदानमा दिने खोप लिन सोमबार वाइबडी पठाउने तयारी



काठमाडौं । चीनले अनुदानमा दिने १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज सोमबार बेइजिङ पठाउने तयारी शुरु गरिएको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रकाश पौडेका अनुसार वाइडबडी जहाज ए३३० जहाज सोमबार बेइजिङ पठाउने तयारी गरिएको छ ।

राष्ट्रपति विद्यादेवि भण्डारी र चिनियाँ समकक्षीबीचको टेलिफोन वार्तापछि चीनले नेपाललाई १० लाख डोज खोप अनुदानमा दिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्