नेपालबाट सगरमाथा आरोहण गरेका २ चिनियाँ नागरिक कोरोना संक्रमणमा



नेपाल तर्फको मोहोडाबाट सगरमाथाको सफल आरोहण गरेका २ चिनियाँ नागरिकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

परिवर्तन खबरलाई प्राप्त विश्वस्त चिनियाँ श्रोतका अनुसार आरोहणपछि फर्किएका उनीहरु अहिले काठमाण्डौमा उपचारत छन्। केहि समय अगाडि कोरोना संक्रमणलाई ध्यान दिँदै चीन सरकारले सगरमाथाको टुप्पोमा समेत सीमा रेखा कोरेको भनी नेपाली संचार माध्याममा चर्चा समेत भएको थियो।

चीन सरकारले कोरोना माहामारीपछि सगरमाथा आरोहणमा रोक लगाएको अवस्थामा अब नेपालले समेत त्यसतर्फ ध्यान दिनुपर्ने देखिएको छ।

काठमाडौं आइपुग्यो चीन सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप

प्रतिक्रिया दिनुहोस्