कोरोना कहरमा खानेपानी चाहियो ? अब चिन्ता छैन, अनलाईनबाट अर्डर गर्नुस् : अक्वा वर्ल्डको शुद्द पानी तुरुन्तै तपाईको घरमा



काठमाडौं । कोरोना भाइरस दोश्रो लहरको प्रकोप निकै फैलिरहेको छ जसको कारणले पु:न सरकारले लकडाउन घोषणा गरेको छ। संक्रमण बढ्दै गएकोले घरबाहिर निस्किन निकै नै डरलाग्दो छ।

यस्तो अवस्थामा खानेपानी सकिए के गर्ने ?

अब तपाईंले अनलाइनबाटै जारको शुद्द पानी अर्डर गर्न सक्नु हुने भएको छ । आक्वा वर्ल्ड प्रा.लि. ले इन्फो डेभलोपर्ससँगको सहकार्यमा विभिन्न सुबिधा सहित पानीको जार अनलाईनबाट अर्डर गर्न सकिने मोबाइल एपको विकास गरेको छ ।

कम्पनीले काठमाडौं, ललितपुर र भक्तपुरमा यो सेवा उपलब्ध गराउने दावी गरेको छ। शुल्क भुक्तानीको लागि अनलाईनबाट सोझै भुक्तानी गर्न इ-सेवा र खल्ती वालेटसँग सहकार्य गरेको छ।

डेलिभरी पश्चात भुक्तानी गर्न चाहने ग्राहकहरुले क्यास अन डेलिभरीको पनि सुविधा समेत सोहि मोबाईल एपमा उपलब्ध गरेको छ। तपाईले अर्डर गर्दा तत्काल र पछिल्लो मितिमा समेत गर्न सक्नुहुन्छ भने साथीभाइ र आफन्तलाई समेत अर्डर गर्न सक्नुहुनेछ।

तपाईंले इसेवा र खल्तीको एन्ड्रोइड तथा आईओएस एपमार्फत पनि सोझै पानीको अर्डर गर्न सक्नुहुने छ । यसैगरी ९८५१०२९१५९ मा ह्वाट्सएप तथा भाइबरबाट समेत आक्वा वर्ल्डको पानी मगाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्