नेपाली संकटमा एनआरएन ओमानको ५६० अक्सिजन सिलिण्डर सहयोग



गैर आवासीय नेपाली संघ ( एनआरएनए) ओमानले श्रमिक नेपालीहरुसँग सहयोग सहयोग संकलन ५६० अक्सिजन सिलिण्डर नेपाल पठाएको एनआरएन प्रवक्ता डिबी क्षेत्रीले परिवर्तन खबरलाई बताए ।

नेपालमा अक्सिजन सिलिण्डरको चरम अभावमा ५६० अक्सिजन सिलिण्डरले उपत्यका लगायतका क्षेत्रहरुमा निकै राहात पुग्ने देखिएको छ। सामाजिक संजालमा ठूला-ठूला अर्ति उपदेश दिने युरोप र अमेरिकाका गैर आवासीय नेपालीहरुले केहि गर्न नसकेको अवस्थामा खाडि मुलुककबाट आएको यो सहयोगले जटिल अवस्थामा निकै सहयोग पुग्ने देखिन्छ।

स्वास्थ्य मन्त्रालय श्रोतको अनुसार अब नेपालमा अक्सिजन सिलिण्डर भन्दा अक्सिजन उत्पादन समेत बढाउनु पर्ने देखिएकोले आगामी सहयोगहरु त्यसतर्फ केन्द्रित गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्