छोरीलाई दुध खुवाउँदै गर्दा अचानक आमाले गुमाइन् ज्यान, आमाको लाशले थिचिँदा निसास्सिएर नवजात छोरीको पनि मृत्यु



उत्तरी अर्जेन्टिनाको कोरिएन्तेस सहरमा आमाको दूध खाइरहेकी एक बालिकाको आमाको मृत शरीरले थिचिँदा निसास्सिएर मृत्यु भएको छ ।

ती आमाले आफ्नी सानी छोरीलाई दूध खुवाउँदै गर्दा उनको अचानक मृत्यु भयो । आमाको मृत्यु भएपछि आमाको शरीरले थिचेर नवजात बालिकाको निसास्सिएर मृत्यु भयो ।

घरमा यो दुखद घटना भएका बेला ती महिलाका श्रीमान बाहिर थिए । महिला ती नवजात छोरी र आफ्ना ३ वर्षका छोराको साथमा घरमा थिइन् । महिलाका श्रीमानले घरमा आफ्नी पत्नीलाई पटक पटक फोन गरेका थिए ।

लामो समयसम्म फोन गरेपछि अन्ततः फोन उनीहरुका तीन वर्षका छोराले उठाए र पितालाई आमा सुतिरहेको जवाफ दिएका थिए ।

आमाछोरीको मृत्युको विषयमा अनुसन्धानका लागि अटोप्सी जाँच गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्