नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य पशुपति चौलागाईँको निधनप्रति बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलद्धारा शोक व्यक्त



नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य, संविधानसभा सदस्य, बागमती प्रदेश सभाका सदस्य, पशुपति चौलागाईँको कोरोना भाईरसबाट संक्रमित भई उपचारको क्रममा मनमोहन शिक्षण अस्पताल स्वयम्भुमा असामयिक निधन भएको छ । यसैबिच नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आनन्द पोखरेलले नेता पशुपति चौलागाईको निधनप्रति शोक व्यक्त गरेका छन् ।

नेता पोखरेलले पशुपति चौलागाईँको निधनबाट पार्टीले पार्टीले एक असल र निष्ठावान नेतालाई गुमाएको र दोलखाले इमान्दार जनप्रतिनिधि र असल अभिभावक गुमाएको बताएका छन् ।

नेता पोखरेलले थपे, उहाँको निधनबाट शोकमा पर्नु भएकी उहाँकी धर्म पत्नी सुनिता, छोरा सुमन र छोरीहरु सुस्मा र सबु सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै कोरोना संक्रमण देखिएका उहाँकी धर्म पत्नी र छोरी सुस्माको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यस्तो छ नेता पोखरेलको पुरा शोक वक्तव्य :

प्रतिक्रिया दिनुहोस्