पूर्वप्रेमीलाई मार्न एक युवतीले मासुमा विष हालेर पठाइन्, तर मासु डेलिभरी ब्वाइका छोराले खाए…



इण्डोनेसियामा एक महिलाले आफ्ना पूर्वप्रेमीलाई कुखुराको माुसमा खतरनाक विष हालेर मार्ने प्रयास गरेकी छिन् । ती महिलाले पूर्वप्रेमीलाई मार्नको लागि उनको घरमा कुखुराको मासु पठाएकी थिइन्, जसमा विष मिसाइएको थियो ।

तर अचम्मको कुरा त के छ भने ती पूर्वप्रेमीले उक्त चिकेन खाएनन्, उक्त चिकेन डेलिभरी ब्वाइका छोराले खान पुगे र उनको मृत्यु पनि भयो ।

द सनको रिपोर्टअनुसार बेन्दीयामन नामका यी डेलिभरी ब्वाय महिलाका पूर्वप्रेमी टमीको घरमा पुगे तर त्यहाँ टमीकी श्रीमती भेटिइन् । श्रीमतीले आफूलाई डेलिभरीबारे जानकारी नभएको भन्दै टमीलाई फोन गरिन् । टमीले पनि आफूलाई यसबारे जानकारी नभएको भन्दै डेलिभरी लिन अस्वीकार गरे ।

उनीहरुले डेलिभरी लिन अस्वीकार गरेर बेन्दीयामनलाई त्यो प्याकेट आफ्नो घर लिएर जान भने । उनीहरुले बेन्दीयामनलाई प्याकेटको खानेकुराले आफ्नो रमजानको ब्रत तोड्न सक्ने समेत बताएका थिए । त्यसपछि बेन्दीयामक घर आए र प्याकेटमा भएको चिकेन उनकी पत्नी र छोराले खाए । मासु खाने बित्तिकै दुवैको स्वास्थ्य अवस्था निकै बिग्रन थालेपछि तुरुन्त अस्पताल भर्ना गरिएको थियो ।

तर बिडम्बना, अस्पतालमा बेन्दीयामनकी पत्नी त बचिन् तर उनका छोरा बच्न सकेनन् । उपचारको क्रममा उनको मृत्यु भयो । पुलिसले विषालु चिकेन पठाउने महिलालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्