राष्ट्रिय सभामा नेकपा एमालेका उम्मेदवार बादललाई मतदान गर्न प्रदेश कमिटीको अपिल !



नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश अधिवेशन आयोजक कमिटी अध्यक्ष आनन्द प्रसाद पोखरेलले प्रेस विज्ञप्ती जारी गर्दै आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रिय सभाका उम्मेदवार राम बहादुर थापा (बादल) लाई मतदान गर्न अपिल गरेका छन् ।

नेकपा एमाले बागमती प्रदेश कार्यालयमा आज भएको प्रदेश कमिटीको बैठकले निर्वाचन परिचालन गर्न केन्द्रिय सदस्य कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ ।

राष्ट्रियसभा निर्वाचनको समन्वय, मतको सुरक्षा र अन्य व्यवस्थापन गर्न आनन्दप्रसाद पोखरेलको संयोजकत्वमा खेम लोहनी, कृष्ण राई, मनोज जंग थापा रहेको चार सदस्य निर्वाचन परिचालन सचिवालय समेत गठन गरिएको छ ।

अध्यक्ष पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “पार्टी भित्र, पार्टीकै नाममा अतिरंजित प्रचार प्रसार गर्ने र पार्टीको आधिकारिक उम्मेद्वार विरुद्ध प्रचार बाजी गर्न पार्टीका केही नेतृत्व तहका व्यक्तिहरु देखापरेको बारेमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेकपा(एमाले)को तर्फबाट क. रामबहादुर थापा बादल बाहेक अरु कोही उम्मेद्वार छैनन् । त्यसैले कथित प्रचारवाजीको भ्रममा नपरी पार्टीको उम्मेद्वार क. राम बहादुर थापा बादललाई सूर्य चिन्हमा मतदान गरी विजय गराउन सूर्य चिन्हबाट निर्वाचित सबै प्रदेश सभा सदस्य एवम् पालिकाका मेयर÷उपमेयर र प्रमुख, उप प्रमुखलाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई मतदान गर्न अनुरोध गर्दछ ।”

नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीद्वारा जारी विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस्