पछिल्लो २४ घण्टामा थप ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि, ५० को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ हजार १९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अहिलेसम्मकै धेरै हो।

शुक्रबार स्वास्थ्य तथा जनसंख्याले दिएको जानकारीका अनुसार २० हजार ४८२ मा परीक्षण गर्दा ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको हो ।

१९ हजार ९८७ मा पिसिआर गर्दा ९ हजार २३ मा र ४९५ मा एन्टिजेन परीक्षण गर्दा १७३ मा गरी जम्मा संक्रमण पुष्टि भएको हो ।

यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ५० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्