राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त



काठमाडौं । राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई अध्यक्ष नियुक्त गरेको हो ।

दंगाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही महिना अघि अखिल नेपाल किसान महासंघको अध्यक्षको बनाएका थिए । दंगालले किसान आयोगमा आफ्नो नियुक्ति भएको जानकारी पाएको बताए ।

मन्त्रिपरिषद बैठकले आयोगको सदस्यहरुमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, टेकबहादुर बोगटी र पुष्पा भुसाल नियुक्त भएका छन् । वोगटी सहकारीका तर्फबाट र भुसाल विज्ञ सदस्यको रुपमा नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्