आफ्नी श्रीमतीलाई अर्कै पुरुषसँग गाडीमा सुतेको देखेपछि श्रीमानले गाडीमै पेट्रोल बम पड्काइदिए



द सनको रिपोर्ट अनुसार आफ्नी श्रीमती गाडीमा अर्कै पुरुषसँग सुतेको देखेपछि एक श्रीमानले पेट्रोल बम हानेर गाडी नै उडाइ दिएका छन् । यो घटना थाइल्याण्डको हो ।

सिसिटिभी फुटेजमा बम हानेपछि ती श्रीमान भाग्दै गरेको देख्न समिने समाचारमा जनाइएको छ ।

विष्फोटपछि ती महिला २६ वर्षकी पत्तारापोन्ड कोंगसिडी र अर्का पुरुष सामान्य जलेको चोटसहित भाग्न सफल भएका छन् । उनका अनुसार आफ्ना नयाँ प्रेमीसँग फलफुल डेलीभरी गर्न जाने क्रममा उनीहरु त्यहाँ रोकेर आराम गर्दै थिए । उनले भनिन् ‘ऊ मेरो पूर्वपति हो । हाम्रो एक सन्तान छ । तर, उसले ड्रग्सको कारोबार गर्ने थाहा पाएपछि मैले उसलाई छोड्नुपर्यो ।’

पक्राउ परेपछि ती पुरुषले आफ्नो गल्ती स्वीकार पनि गरेका छन् । उनले आफ्नी पत्नीलाई अरु कसैसँग देख्न नसकेर त्यस्तो गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्