आफ्नै श्रीमानलाई नपुंसक बनाउने औषधी खुवाउँदै महिलाहरु, यस्तो छ नपुंसक बनाउन चाहनुको कारण…



ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार चीनका महिलाहरुले आफ्ना श्रीमानलाई थाहै नदिइ चुपचाप रुपमा नपुंसक बनाउने औषधी खुवाइरहेको खुलासा भएको छ । प्राप्त जानकारी अनुसार ती महिलाहरुले आफ्ना श्रीमानले धोका नदिउन् भनेर यस्तो गरिरहेको बताएका छन् ।

आफू बाहेक अरु महिलाहरुसँग लसपस नहोस् भन्ने सोचेर ती महिलाहरुले आफ्नै श्रीमानलाई नपुंसक बनाउने औषधी खुवाइरहेका छन् ।

एक लेखमा चीनका ती श्रीमतीहरुको कामको खुलासा भएको छ जसमा ती महिलाहरुले आफ्ना श्रीमानलाई डाइथिलस्टिलबेस्ट्रोल नामको औषधि खुवाएको बारेमा विस्तारमा उल्लेख छ ।

डाइथिलस्टिलबेस्ट्रोल एक प्रकारको सिन्थेटिक एस्ट्रोजेन भएको बताइएको छ जसले पुरुषहरुमा नपुंसकता बढाउँछ र उनीहरुलाई यौनिक रुपमा उत्तेजित हुनबाट रोक्छ ।

प्रतिक्रिया दिनुहोस्