यी ७७ बर्षका अर्बपति वृद्धको ४ हजार महिलासँग थियो सम्बन्ध, तर २५ बर्षकी कान्छी श्रीमतीले गरिदिइन् हत्या…



जापानका ७७ बर्षका एक अर्बपतिलाई उनकी आफ्नै श्रीमतीले विष खुवाएर मारेकी छिन् ।

आफ्ना श्रीमानलाई मारेको अभियोगमा ती २५ बर्षकी श्रीमतीलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्राप्त जानकारी अनुसार ती अर्बपति आफ्नी श्रीमतीभन्दा अघि ४ हजार महिलासँग सुतिसकेका थिए । उनले आफ्नी अहिलेकी श्रीमतीलाई उनी नै आफूसँग सुत्ने अन्तिम महिला हुने बचन दिएका थिए तर उनले बचन पुरा गरेनन् ।

ती अर्बपतिले आफूलाई आफ्नो क्षेत्रको ‘डन जुआन’ भन्थे । ‘डन जुआन’ एक काल्पनिक पात्र हो जसलाई महिलाहरुलाई फसाउन अत्यन्तै सिपालु मानिन्छ ।

आफूलाई ‘डन जुआन’ भन्ने महिरा व्यवसाय र रियलस्टेट व्यवसायका मालिक ७७ वर्षका कोसुके नोजाकीलाई २०१८ को मे महिनामामा अवैध उत्तेजक औषधिको घातक मात्रा खुवाएर उनको हत्या गरेको आरोपमा साकी सुडो नामकी महिलालाई पक्राउ गरिएको पुलिसलाई उद्धृत गर्दै जापान टाइम्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्