रुओन नेपालद्धारा सञ्चालित कम्युटर तालिमका उत्तीर्ण विद्यार्थीहरुलाई सर्टिफिकेट वितरण



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मा रुओन नेपालद्वारा संचालित निःशुल्क कम्प्युटर तालिम केन्द्रमा कम्युटरको बेसिक र एडभान्स कोर्स पुरा गरेका विद्यार्थीहरुलाई सर्टिफिकेट वितरण गरिएको छ ।

No description available.

बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं.१० का अध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न सूचना, प्रविधिको अवसरबाट बञ्चित युवा महिलाहरुलाई लक्षित गरी संचालन गरिएको कम्युटर तालिम केन्द्रको सर्टिफिकेट वितरण कार्यक्रममा विद्यार्थीलाई सर्टिफिकेटसँगै टिसर्ट र डायरी पनि वितरण गरिएको थियो ।

रुओन नेपालकी अध्यक्ष तथा परियोजना प्रमुख गोमादेवी बास्तोलाले अत्याधुनिक प्रविधियुक्त १२ कम्प्युटर मार्फत प्रतिदिन तीन समूहमा ३६ जना सम्म युवा महिलाले ९ महिना सम्म तालिम  लिन सक्ने बताइन् ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा नं.१० का अध्यक्ष नवराज भट्टराईले आर्थिक स्थिती कमजोर भएका युवा महिलाहरुलाई लक्षित गरी संचालन भएको यो तालिम निकै उपयोगि रहेको बताए । उनले रुओन नेपालले युवा महिलाको शसक्तिकरणका क्षेत्रमा चालेको यो अति नै सहरणिय कार्य अझै फस्टाउदै जानु पर्ने बताए । आगामिदिनमा बूढानीलकण्ठ नगरपालिकाका तथा वडा नं.१० मा यदि कुनै अवसर आएमा रुओन नेपालको यस तालिमबाट उतिर्ण विधार्थीलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

No description available.

Women’s World Wide Web (W4) फ्रान्सको सहयोगमा सञ्चालित कम्युटर तालिम केन्द्रमा बेसिक र एडभान्स गरी विद्यार्थीलाई ९ महिनाको तालिम दिने गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले यस कम्युटर तालिमबाट आफूले धेरै कुरा सिक्ने अवसर पाएको धारणा व्यक्त गरे ।

No description available.
No description available.

प्रतिक्रिया दिनुहोस्