२६ बर्षअघि भारत गएका भक्तबहादुर नेपाल फर्के, तर आफ्नो घर नै चिनेनन्…




प्रेम सुनार

२०५१ सालमा विरगञ्जको जितपुरबाट भारतमा मजदुरी गर्न हिँडेका भक्तबहादुर तामाङ २६ बर्षपछि घर फर्किएका छन् ।

२६ बर्षपछि फर्कदाँ आफ्नो घर तथा परिवार पत्ता लगाउन नसकेका उनी प्रहरीको सहयोगमा आफन्त फेला पार्ने आशमा छन् । ३३ बर्षको उमेरमा घर छोडेर हिँडेका भक्तबहादुर यत्रो समयमा कहिल्यै घर फर्केनन् ।

बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी गिरीका अनुसार उनी भारतको किन्चर भन्ने स्थानमा अलपत्र भेटिएपछि त्यहाँका नेपालीहरुले उनलाई उद्धार गरी मंगलबार बाँके जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुझाएका हुन् ।

भारतमा रहँदा उनले ११ वर्षसम्म सडक मजदुरी गरे । त्यसपछि किन्चर टोल कै जितराम भन्ने व्यक्तिको घरमा १५ वर्षसम्म उनी घरेलु कामदारका रुपमा रहे ।

प्रतिक्रिया दिनुहोस्