डिभोर्सपछि छोराछोरी श्रीमानसँग बस्न पाउने भएपछि आमाले गरिदिइन् आफ्नै ३ सन्तानको हत्या



आमाको लागि संसारमा सबैभन्दा प्यारो उनीहरुको सन्तान नै हुन्छन् । सन्तानको लागि एउटी आमाले जे पनि गर्न सक्छिन् । आफ्नो ख्याल नगरी सन्तानको परवाह गर्ने एउटी आमा मात्र हुन् । छोराछोरीलाई आमाले जति माया कसैले कहिल्यै गर्न सक्दैन ।

तर अमेरिकामा भने एउटी आमाले आफ्नै ३ सन्तानको हत्या गरेकी छिन् । लस एन्जल्समा बस्ने एक महिला आफ्नै ३ सन्तानको हत्या गरेको आरोपमा पक्राउ परेकी छिन् । ३० बर्षकी लिलियाना क्यारिलोले आफ्ना ३ बर्षिया, २ बर्षिया र ६ महिनाका बच्चाको हत्या गरेकी हुन् ।

बच्चाकी हजुरआमाले बच्चाहरुलाई खोज्न थालेपछि हत्याको खुलासा भएको थियो । पुलिसले बच्चाहरुलाई कसरी मारियो भन्ने खुलासा गरेको छैन । तर, स्थानीय मिडियामा भने बच्चाहरुलाई चक्कु हानेर मारिएको दावी गरिएको छ ।

मृतक बच्चाहरुकी फुपुले बताए अनुसार क्यारिलो केही महिनादेखि मानसिक रुपमा बिरामी रहेको र बच्चाहरुको अभिभावकत्वको विषयमा उनको श्रीमानसँग विवाद परिरहेको थियो ।

मृतक बच्चाका पिता एरिक डेन्टनले पुलिस र बाल रक्षा सेवाको माध्यमबाट यो विषयमा सहयोग मागिरहेका थिए । उनी बच्चाहरुको अभिभावकत्व लिन चाहन्थे । अभिभावकत्व एरिकलाई दिइने भएपछि क्यारिलोले बच्चाहरुको हत्या गरेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्