२ पुरुषले बलात्कार गरेपछि सहन नसकेर १८ बर्षकी किशोरीले ३० तला माथिबाट हाम फालिन्, तर…



रुसको अल्ताइ क्षेत्रको बर्नाउलमा १८ बर्षकी किशोरीलाई बलात्कार गर्न खोजेपछि आफ्नो ज्यान बचाउन ती युवती ३० फिट माथिको झ्यालबाट हाम फालेकी छिन् । तर उनको ज्यान भने गएन । सहि समयमा प्रहरी पुगेर उनको ज्यान बचाउन सफल भएको छ ।

ती युवतीलाई ३७ र २६ बर्षका २ पुरुषले बलात्कार गरेका थिए । यौन आक्रमणबाट बच्न अरु कुनै उपाय नदेखेपछि उनले झ्यालबाट हाम फालेकी हुन् । संयोगले ती किशोरी झ्यालमा जाँदा तल दुई पुलिस अधिकारीहरु सार्जेन्ट ओलेग कोरोब्किन र वारेन्ट अफिसर अलेक्जेन्डर बुदुसेभ थिए । त्यही बाटो कक्षामा जान लागेकी अर्की पुलिसकर्मी ओल्गा बेब्को पनि उनीहरुलाई सहयोग गर्न आइन् ।

उनीहरुले किशोरीलाई शान्त रहन आग्रह गर्दै थिए तर अचानक किशोरीले हाम्फालिन् । ती दुई पुरुष पुलिस अधिकारीले ती किशोरीहातमा थापेर भुइामा खस्नबाट बचाए । तर उनको खुट्टामा भने चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्