रसुवामा टिपर दुर्घटना, २ जनाको मृत्यु



रसुवा । पासाङ ल्हामु राजमार्गअन्तर्गत रसुवा खण्डमा गए राति भएको टिपर दुर्घटनामा परी दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा जिल्ला कालिका गाउँपालिका–१ ग्राङ निवासी ग्राङ प्राविका शिक्षक २७ वर्षीय राजेन्द्र तामाङ र २५ वर्षीय सवारी चालक सागर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ग्राङबाट कालिका स्थानतर्फ गइरहेको वाग्मती प्रदेश ०६–००६ ख १६८८ नंको खाली टिपर गए राति दुर्घटना हुँदा गम्भीर घाइते भएका राजेन्द्र र सागरलाई नेपाल प्रहरीले तत्काल उद्धार गरी रसुवा अस्पताल धुञ्चे पु७थभलसयाउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

टिपरमा सवार कालिका गाउँपालिका–१ का वडाध्यक्ष ९पूर्व गोरखापत्रका रसुवा समाचारदाता० मालफुर्पा तामाङको भने खोजतलासपछि आज बिहान मात्र घटनास्थल क्षेत्रको केही तल गम्भीर घाइते अवस्थामा भेटी उपचारार्थ काठमाडौँ पठाइएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिए । टिपर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको अनुमान छ ।

मृतक दुवै एकाघरका दाजुभाइ भएको बताइएको छ । उनीहरूको शव परीक्षणका लागि रसुवा अस्पतालमा राखिएको बताइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकको मृत्यु, एक घाइते

भक्तपुर– मध्यपुर थिमिस्थित अरनिको राजमार्गमा गए राति भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४ एसएसचोक नजिक अरनिको राजमार्गमा धुलिखेलबाट भक्तपुर हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा५३प ६९३८ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई रेलिङमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल पछाडि बसेका काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१० का ३२ वर्षीय महेश शाह ठकुरीको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय महेन्द्र शाह ठकुरीको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्