कुरानको स्टिकर उक्काएपछि दुईजना क्रिस्चियन नर्सलाई सुनाइयो यस्तो सजाय…



साथीको लकरमा टाँसिएको कुरानको स्टिकरलाई उक्काएपछि दुईजना क्रिस्चियन नर्सलाई मृत्युदण्डको सजाय सुनाइएको छ । पाकिस्तानको फैसाबादमा मरयम लाल र नेवस उरुजलाई पुलिसले ईशनिन्दाको आरोपमा पक्राउ गरेको हो ।

पुलिसका डिएसपी राणा अत्ताका अनुसार शुक्रबारको प्रार्थनापछि भीड जम्मा भएर ती दुई नर्सको हत्याको प्रयास गरेका थिए । ‘हामी घटनास्थलमा गएर उनीहरुलाई बचायौं । अनुसन्धान जारी छ र दुवै नर्सहरु सुरक्षित छन् ।

उनीहरुलाई १५ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ’ उनले भने । मानव अधिकार समूहहरुले यी आरोपहरुको विरोध गरिरहेका छन् । स्थानीय अधिकारकर्मी लाला रोबिनले भने ‘यो झुटो आरोप हो र अल्पसंख्यकहरुले अहिले पाकिस्तानमा धेरै असुरक्षित महसुस गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्