अनेसास कोरियाको आयोजनामा रचना वाचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न



सउल अनेसास कोरिया च्याप्टरले नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदानप्रदान, रचना वाचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

गत आइतबार सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार शैलेन्द्र साकार, कवि तथा कलाकार रमेश श्रेष्ठ, कवि गोवर्द्धन पूजा र कवि तथा समालोचक महेश पौड्याल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा कविहरु रोशन परियार, मनोज विश्वकर्मा, लक्ष्मण गगन, कपिल अञ्जान, दिलु थापा मगर, प्राञ्जल, रामचन्द्र शर्मा, ऋद्धिमा रिजाल लगायतले कविता, गजल, मुक्तक वाचन गरेका थिए ।

सो कार्यक्रममा अतिथि स्र​ष्टा तथा रचना वाच​कह​रूलाई स​म्मान पत्र समेत वितरण गरिएको थियो ।

सोही अवसरमा अनेसास कोरियाद्वारा केही महिना अगाडि आयोजित कोरियाव्यापी खुला कविता प्रतियोगिता २०७७ का विजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामा युवराज फुँयालले प्रथम, निर्दोष शिवले द्वितीय र माधव लम्सालले तृतीय स्थान हात पारेका थिए ।

विग​त​ लामो स​म​य​देखि अनेसास​ कोरियाले कविता, ग​जल, मुक्त​कलगायतका विधाहरुमा स​न्तुल​न राखेर​ विभिन्न साहित्यिक कार्य​क्र​म​ह​रू गर्दै आइरहेको संस्थाका अध्यक्ष प्रमोद सारङ्गले जानकारी दिए । त्यस्तै, उनले हरेक विधामा कलम चलाउने स्रष्टाहरुलाई कार्यक्रममा उपस्थित गराएको र यसले नेपाली साहित्यको श्रीवृद्धिमा सहयोग पुग्ने अपेक्षा लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्