अमेरिकी राष्ट्रपतिका छोराका लाखौँ अश्लील म्यासेज र फोटोहरु लिक भएपछि सामाजिक सञ्जालमा हंगामा



अमेरिकी राष्ट्रपति जो बाइडेन यतिबेला सामाजिक सञ्जालमा आलोचित भैरहेका छन् । उनी आफ्नो कारणले नभएर आफ्ना छोराका कारणले विवादमा तानिएका हुन् । बाइडेनका छोरा हन्टर बाइडेनको ल्यापटपबाट कैयौँ सामाग्रीहरु लिक भएका छन्, जसमा उनी ड्रग्सको दुव्र्यसनी तथा यौनको समेत दुव्र्यसनी भएको खुलासा भएको छ ।

यहि कारणले गर्दा अहिले जो बाइडेन तनावमा छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले बाइडेनका छोराको निकै नराम्रोसँग आलोचना गरिरहेका छन् । केहीसमय अघिमात्र बाइडेनकी छोरी पनि कलेजको समयमा ड्रग्सको दुव्र्यसनीमा फसेको खुलासा भएको थियो ।

प्राप्त जानकारी अुनसार हन्टर बाइडेनको ल्यापटपबाट १ लाख ३ हजार टेक्स्ट म्यासेज, १ लाख ५४ हजार इमेल, २ हजार फोटोर र दर्जनौँ भिडियो लिएका भएका छन् । हन्टरले महिलाहरुसँग शारीरिक सम्बन्धको क्रममा भिडियो बनाउने गरेको पनि पुष्टि भएको छ ।

उनको एउटा तस्वीर सामाजिक संजालमा निकै भाइरल भइरहेको छ जुन भिडियोमा हन्टरले एक महिलाको कपाल समातेर तानिरहेका छन् । यसका अलावा २ टपलेस महिलाहरुसँग पनि उनको एउटा तस्वीर लिक भएको छ । यी सामग्री लिक भएसँगै हन्टर सेक्स एडिक्ट भएको दावी गरिएको छ ।

५१ वर्षका हन्टरले केही समय पहिले मात्रै आफ्नो अटोबायोग्राफी प्रकाशित गरेका थिए । यो किताबमा उनले ड्रग्स, मदिरा र आफ्नो यौनको लतको कुरा स्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्