शारिरीक सम्बन्ध राखेपछि युवकले ‘साथी मात्र रहन चाहन्छु’ भने, त्यसपछि युवतीले चालिन् यस्तो कदम…



बेलायतको नर्थ योर्कशायरकी यास्मिक वाकर नामकी युवतीले उनले मन पराएका युवकले साथी मात्र रहन चाहन्छु भनेपछि सामाजिक सञ्जालमा यस्तो कुरा पोष्ट गरिन् कि उनलाई अदालतले जेल सजाय सुनाएको छ ।

वास्तवमा ती युवतीले मन पराएका युवक र उनीबिच शारिरीक सम्बन्ध भैसकेको थियो । तर शारिरीक सम्बन्धपछि युवकले युवतीको साथी मात्र बन्न सक्ने बताए । त्यसपछि रिस उठेर युवतीले उनको र युवकको आपत्तिजनक तस्बिर सामाजिक सञ्जालमा अपलोड गरिदिइन् । उक्त तस्बिर सार्वजनिक गरेको ११ मिनेटसम्म उनले हटाएकी थिइनन् । ११ मिनेटमा तस्बिर निकै भाइरल हुन पुग्यो ।

तस्बिर भाइरल भएपछि प्रहरीले युवतीलाई पक्राउ गरेको थियो । युवतीले बयान दिने क्रममा अदालतमा आफ्नो आखाँ कमजोर भएका कारण उक्त तस्बिर झुक्किएर अपलोड भएको बताएकी थिइन् । तर बेलायतको कानूनले उनले रिभेन्जको लागि त्यस्तो गरेको ठहर गर्दै उनलाई ३ महिनाको जेल सजाय सुनाएको छ ।

कानूनी कारणले गर्दा अहिलेसम्म युवकको पहिचान भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्