रेडियो नेपालका कार्यकारी निर्देशक केसी राष्ट्रपतिद्धारा विभूषित



काठमाडौं । रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी सुप्रबल जनसेवाश्री (तृतीय श्रेणी) पदकबाट विभूषित भएका छन् ।

गत वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा नेपाल सरकारद्धारा सिफारिस गरिएअनुसार आज कार्यकारी निर्देशक केसीसहित ४ सय ५० जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र विज्ञानमा स्नातकोत्तर गरेका कार्यकारी निर्देशक केसीले पूर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्