घरमा साथीहरुसँग छुट्टी मनाउन भनी हिँडेकी यी मोडलले गराइन् नग्न फोटोसुट, त्यसपछि यतिसम्म भयो…



केहीदिन अघिमात्र दुबइको एक बाल्कोनीमा लगभग ३ दर्जन मोडलहरुले नग्न पोज दिएर फोटोसुट गराइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । यो घटनाले दिनप्रतिदिन ठूलो रुप लिदैँ छ ।

दुबइ प्रहरीले दुबइको कानून अनुसार यो गलत भएको भन्दै उनीहरुलाई जेल वा जरिवाना सजाय हुनसक्ने बताएको छ । पक्राउ परेका मोडलमध्येकी एक याना ग्रेबाश्चुकका परिवारले उनी यो फोटोसुटमा भएको कुरा थाहा पाउँदा चकित परे । २७ वर्षकी याना युक्रेनकी हुन् र यो फोटोसुटमा देखिएका ११ मोडल पनि युक्रेनकै हुन् । यी ११ मोडलसहित १ फोटोग्राफरलाई पुलिसले पक्राउ गरेको छ ।

ती मोडलका भाईले बताए अनुसार परिवारका कसैलाई पनि याना दुबइ जान लागेको भन्ने थाहा थिएन । परिवारमा यानाले आफू छुट्टी मनाउन साथीहरुसँग कतै जान लागेको बताएकी थिइन् । तर अचानक उनले नग्न पोज दिदैँ फोटोसुट गराएको खबर पाएपछि यतिबेला उनको परिवार चकित परेको छ ।

प्रतिक्रिया दिनुहोस्