वरिष्ठ कवि तथा नाटककार गोपालप्रसाद रिमालको जीवनीबारे लेखिएको ‘गोपालप्रसाद रिमाल’ पुस्तक सार्वजनिक



बहुचर्चित कवि तथा नाटककार गोपालप्रसाद रिमालको जीवनीबारे लेखक तथा पत्रकार गोविन्द प्रसाद दुलालद्धारा लिखित गोपालप्रसाद रिमाल नामक पुस्तक राजधानीमा एक समारोह मार्फत सार्वजनिक भएको छ ।

वरिष्ठ पत्रकार एंव लेखन कुञ्जनका सम्पादक टंक पन्तद्धारा सम्पादित सो पुस्तकको लोकार्पण उपप्रधानमन्त्री इश्वर पोखरेलले गरेका थिए । उनले पुस्तकको लोकार्पण गर्दै भने, कवि तथा नाटककार गोपाल प्रसाद रिमालले चर्चित ऐतिहासिक पुस्तकहरु हामी समक्ष पस्किनुभयो तर उहाँकै बारेमा नलेखिएको पुस्तक आज लेखिएको छ, यो आफैँमा ऐतिहासिक कुरा हो ।

पुस्तक प्रकाशक संस्था घोष्ट राइटिङ नेलालका अध्यक्ष कमल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष एवं पूर्वमन्त्री आनन्द पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने सोही समारोहमा जनविचार पब्लिकेशन एण्ड रिसर्च परिवार द्वारा गोपालप्रसाद रिमालकी धर्मपत्नी हरिदेवी रिमाललाई अभिनन्दन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्