दुबइमा बाल्कोनीमा नग्न पोज दिने दर्जन महिला पक्राउ



दुबइको एक पश क्षेत्रको बाल्कोनीमा उभिएर नग्न पोज दिने दर्जन महिलालाई दुबइ प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक रुपमा अनैतिक आचरण गरेको अभियोगमा प्रहरीले उक्त महिलाहरुलाई पक्राउ गरेको हो । बाल्कोनीमा महिलाहरु नग्न पोज दिदैँ फोटोसुट गरिरहेका थिए ।

यी महिलाहरुको तस्वीर र भिडियो सामाजिक संजालमा भाइरल भइरहेको थियो । फोटो र भिडियो भाइरल भएपछि पुलिसले उनीहरुलाई पक्राउ गरेको हो । फोटोमा दर्जनभन्दा बढी महिलाहरुलाई एक सुटको लागि पोज दिइरहेको देखिन्छ ।

अब ती महिलाहरुलाई कानूनले तोके बमोजिम कारवाही हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्