अमेरिकामा १२ वर्षकी बालिकालाई यौन सम्बन्धका लागि फकाउने नेपाली युवक दोषी ठहर…



१२ बर्षकी गर्भवती बालिकालाई यौनसम्बन्धका लागि फकाएको आरोपमा अमेरिकामा बस्ने एक नेपाली युवालाई त्यहाँको एक संघीय अदालतले दोषी ठहर गरेको छ । ३२ बर्षका संजय लामा फ्लोरिडाको ज्याक्सनभिलेमा बस्दै आएका छन् ।

अमेरिकाको न्याय विभागका अनुसार अब उनलाई कम्तीमा १० बर्षदेखि आजीवन जेल सजायसम्म हुन सक्छ ।

लामाले ती बालिकालाई यौन सम्बन्धका लागि भेट्ने इच्छा जनाउँदै १६० वटा टेक्स्ट म्यासेज पठाएका थिए । उनले आफूले बालिकासँग गर्न चाहेका यौनजन्य क्रियाकलापबारे पनि बताएका थिए । त्यस दिन दिउँसो उनी डाउनटाउन ज्याक्सनभिलेमा रहेको आफ्नो काम गर्ने ठाउँबाट निस्केर मोटरसाइकलमा बालिकासँग भेट्न निर्धारित स्थानमा पुगेका थिए ।

उनले ती बालिकालाई नजिकै रहेको आफ्नो फ्ल्याटमा लैजाने योजना बनाएका थिए । जब लामा भेट्न निर्धारित ठाउँमा पुगे त्यहाँ एफबीआइ एजेन्ट पनि पुगे । त्यतिबेलासम्म पनि लामाले ती बालिकासँग फोनबाट म्यासेजमा कुरा गरिरहेका थिए । उनलाई त्यहीँबाट पक्राउ गरियो ।

प्रतिक्रिया दिनुहोस्